एमालेले विभिन्न माग राख्दै जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएपछि ललितपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
मतगणना अन्तिम चरणमा पुगेको बेला एमालेले १ देखी २६ वडाको मतगणनाको ‘रिटोटलिङ’, खसेको मतसमेतको रुजु र ‘कम्प्युटर टेबुलेसन’को पनि जाँच गर्न माग गर्दै निवेदन दर्ता गराएको छ ।
यस्तै एमालेले आफ्नो माग पुरा नभएसम्म २७ र २८ वडाको मतगणनाको नतिजा सार्वजनिक नगर्न र २९ वडा को मतगणना नगर्न माग गरेको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा केवल १७९ मतले अगाडि छन् । चिरीबाबुले २३,५३९ मत प्राप्त गरेका छन् भने हरिकृष्णले २३,३६० मत प्राप्त गरेका छन् । कान्तिपुरमा समाचार छ ।