
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना परिचालन गरिएको हो ।
जिल्लामा विभिन्न तराईका भुमिगत समुह, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, लिम्बुवान जन्य संगठन र सिके राउत समुहले निर्वाचन विरोधी गतिविधी बढाएको भन्दै नेपाली सेनाले बिहीबार (आज) बाट नियमित गस्ती सुरु गरेको छ । इमेजखबरमा समाचार छ ।