नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि, मंगलबार व्यवस्थापिका-संसद भवन नयाँबानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
देउवाको पक्षमा ३८८ सांसदले मत दिएका थिए भने विपक्षमा १७० मत परेको थियो । इमेजखबरमा समाचार छ ।