२ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने

उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारले स्थानीय तहको निर्वाचन सार्थक बनाउन २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनसक्ने बताएका छन् । 
विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले राष्ट्रिय जनता पार्टीलाई दल दर्ता गरी निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गर्ने गरी ऐन संशोधन गरेर पनि उनीहरु निर्वाचन आउने अवस्था नरहेको प्रष्ट पारेका हुन् । 
उनले अहिलेसम्म असार १४ गते हुने निर्वाचनको मिति सार्ने पक्षमा सरकार नभएको बताए । 
राष्ट्रिय जनता पार्टीको चुनाव चिन्ह लिएर निर्वाचनमा जानु भन्दा पनि उनीहरुले आफ्नो एजेण्डा स्थापित गर्न खोजेका छन्, उनले भने, राष्ट्रिय जनता पार्टीको सहभागितामा सार्थक निर्वाचन गराउन सरकार अन्तिम हदसम्मको प्रयासमा छ ।
संबिधान संशोधनको विषयमा सबैले राजनीतिक प्रतिबद्धा खोजेको र त्यो गर्न सरकार तयार रहेको उनले बताए । स्थानीय तहको निर्वाचनपछि संबिधान संशोधन हुनेमा कुनै आशंका नरहेको उनी भन्छन् । 
चुनावको विपक्षमा रहेको मधेसवादी दललगायत एकिकृत भएका मधेसवादी दल राष्ट्रिय जनता पार्टी दत्र्ता गरेर चुनाव चिन्ह छाता प्राप्त गर्ने गरी विधेयक पारित भएकोले उनीहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले पून: छलफल गर्ने उनले बताए । असार १४ गते हुने निर्वाचनको संभावना 
विराटनगरलाई महानगरपालिका घोषणा गरेकोले उनलाई विराटनगरबासीले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् । कान्तिपुरमा समाचार छ ।