सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता

 सुनसरीका १२ स्थानीय निकायमा आइतबार शान्तिपूर्ण मनोनयन दर्ता भएको छ । 
राजपाको विरोधका बाबजुद सुनसरीमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भए । सुनसरीको दुई उपमहानगरपाकिला धरान र इटहरीमा विहान ८ बजेदखीनै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नेहरुको भीड लागेको थियो । 
भिडले समस्या नआओस भनेर दलहरुलाई मनोनयनको लागि छुट्टाछुटै समय तोकिएको थियो । 
छुट्टाछुटै समयमा दलहरुले झाकी सहित प्रर्दशन गर्दै निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनय दर्ता गराएका थिए । विहान खुला समयमा स्वतन्त्रले उम्मेदवारी दर्ता गराएभने मध्यान्हदेखी ठुलादलहरुले मनोनयन दर्ता गर्न सुरु गरेका थिए । कान्तिपुरमा समाचार छ ।