रोल्पामा मतपेटिका जल्यो, मत खसाल्दा केमिकल प्रयोग गरी आगजनी गराइएको आशंका

रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर १० भनभनेस्थित जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक मतपेटिकामै आगलागी भएको छ ।
                                                         रोल्पामा मतदान गर्दै अशक्त मतदाता
करिब डेढ सय मत खसेको मतपेटिकामा आगलागी भएको हो । कुनै मतदाताले मत खसाल्ने क्रममा केमिकल प्रयोग गरेकाले आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । अहिले सो मतदान केन्द्रको मतदान स्थगित गरेर अनुसन्धान शुरु गरिएको छ । इमेजखबरमा समाचार छ ।