गत असार १७ गते महुली खोलाको बाढीबाट प्रभावित सप्तरीको मयनाकरेडी, भेडिया र पोर्ताहा तथा खाडो खोलाको बाढीबाट प्रभावित रायपुरको पौवाटोलका गरी ४ सय पीडितहरुलाई बुधबार सैनिक श्रीमती संघ (नेपाली सेना)ले राहत वितरण गरेको छ ।
मयनाकरेडी चौकमा बुधबार बिहान आयोजित कार्यक्रममा मयनाकरेडी र भेडियाका ३ सय परिवारलाई राहत वितरण गरियो ।
सैनिक श्रीमती संघले भेडिया र मयनाकरेडीका ३ सय परिवारलाई प्रतिपरिवार इकथान मण्डी, १० किलो पिठो, ५ किलो दालसहित चिनी र नुन तथा १० प्याकेटका दर जीवनजल वितरण गरियो ।
यसै गरी, पोर्ताहा र पौवाटोलका गरी थप एकसय परिवारलाई पनि सोहीअनुसारको राहत वितरण गरिएको छ ।
कान्तिपुरबाट