त्रिवि शिक्षण अस्पतालले निकै जटिल कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने

त्रिवि शिक्षण अस्पतालले यो आर्थिक वर्षमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । यो सेवा अगामी जनवरीदेखि सुरु गरिने छ ।
कलेजो प्रत्यारोपण विश्वमै सवै खाले शल्य चिकित्सा भन्दा निकै जटिल मानिन्छ । अस्पतालको ३५ औं वार्षिकोत्सवको पुर्व संध्यामा  निर्देशक प्रा.डा.दिपक प्रकाश महराले उक्त जानकारी दिएका हुन् ।
यसै अन्तर्गत सरकारले कलेजो प्रत्यारोपण काम शुरु गर्न पुर्वाधार विकासको लागि अस्पताललाइ बजेटको समेत व्यवस्था गरेको छ ।
अस्पतालमा कलेजो, पांक्रियाज, विलियरी, ग्यास्ट्रो इन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेश सिंह भण्डारीको नेतृत्वमा प्रत्यारोपण सेवा शुरु गरिने उनले जनाए । शुरुमा केहि प्रत्यारोपणको लागि अस्पतालले अस्ट्रेलियाको विशेषज्ञको प्राविधिक सहयोग लिने छ ।
यस अघि मुलुकमा मानव अंग प्रत्यारोपण केन्द्रले ६ महिना यता दक्षिण कोरिया र भारतीय विशेषज्ञहरुको प्राविधिक सहयोगमा दुई पटक कलेजो को सफल प्रत्यारोपण गरि सकेको छ । कलेजो प्रत्यारोपण कै लागि सरकारले ७ करोड र प्रत्यारोपणमा सघाउन आइसियु आदि निर्माणको लागि समेत थप बजेट छुट्याएको छ, डा.भण्डारीले भने- हामी अगामी जनवरी महिनादेखी प्रत्यारोपण सुरु गर्ने प्रकृयामा छौं ।
हाल जनशक्तको हिसावले प्रत्यारोपण गर्न सक्षम रहेको उल्लेख गर्दे उनले सातामा एक वटा प्रत्यारोपण गर्ने लक्ष्य सहित शिक्षणको कलेजो प्रत्यारोपण टिम अगाडी बढी रहेको वताए । यसका लागि विभिन्न सेवा सुविधा, परिक्षण आदि समेत थप्न लागिएको छ भने भएकाहरुमा समेत सुधार जारी छ ।
कलेजो प्रत्यारोपण सफल बनाउन चाहिने एनेस्थेसिया, क्रिटिकल केयर सर्भिस, इन्टरभेन्सनल रेडियोलजी, पैथोलोजी, हेपाटोलजी लगायत अन्य विशेषज्ञ सेवा समेत त्यहि रुपमा विकसित हुन आवश्यक रहेको उल्लेख गर्दै डा.भण्डारी भन्छन्, यसलाई एउटा सफल कार्यक्रकको रुपमा स्थापित गर्नमा हामी पुर्ण विस्वस्त छौं ।
शिक्षणमा कलेजो प्रत्यारोपण सेवा सुरु भए प्रत्यारोपण गराउने मात्र नभइ अन्य सबै प्रकारका जटिल रोगको विरामीलाइ समेत फाईदा हुन थाल्ने उनले बताए । 
कलेजो प्रत्यारोपणको सफलता क्रिटिकल केयर, हेपाटोलजी, पल्मोलजी, कार्डियोलजी, ट्रान्सप्लान्ट एनेस्थेसिया, इन्फेक्सस डिजिज, इम्युनोलजी जस्ता अन्य विशेषज्ञताको  आधुनिकता र उपलब्ध सेवामा भर पर्ने भएकोले यो सेवा शुरु हुनासाथ अस्पतालको क्षमतामा झन बृद्घि हुने डा.भण्डारीले बताए ।
मुलुकमा विर, शिक्षण सँगै काठमाडौ का ठुला अस्पतालहरुमा मात्र आउने कलेजो विरामीको संख्या हेर्दा कम्तिमा वर्षेनि एक हजार भन्दा बढी कलेजो रोगका विरामीहरु हुने गरेको आंकलन गर्न सकिने उनि बताउछन ।
तर यस्ता सवै विरामीलाई कलेजो प्रत्यारोपण नै चाहिने होइन । यो रोगका विरामी मध्ये समेत रोगको स्थिति, कारण, विरामीको अवस्था हेरेर प्रत्यारोपण चाहिने वा नचाहिने निर्णय गरिन्छ । कान्तिपुरमा समाचार छ ।