आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरेर भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेलगायत कार्यक्रम रहेको जनाएका छन् ।  प्रदेश नं. २ का आठ जिल्लामा १ सय २७ स्थानीय तह (गाउँपालिका/नगरपालिका) छन् । 
मतदान असोज २ गते बिहान ७:०० देखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गरिने छ । निर्वाचन कार्यक्रम आयोगको बुधबार बसेको बसेको बैठकले स्वीकृत गरेको प्रवक्ता शर्माले बताए । 
मधेसकेन्द्रित दलहरुलाई सहभागी गराउन भन्दै सरकारले पटक पटक सारेर प्रदेश २ को निर्वाचन असोजमा पुर्‍याएको हो । यसअघि वैशाख ३१ र असार १४ गरी प्रदेश नम्बर १,३, ४, ५, ६ र ७ मा निर्वाचन भइसकेको छ । कान्तिपुरमा समाचार छ ।