दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने

दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने भएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले यही साउन ११ गतेदेखि तुलसीपुर बजारमा हर्न बजाउन निषेध गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला सवारी र मालबाहक साधन मनपरी पार्किङ गर्दा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित गर्ने निर्णय गरिएको वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिए ।
बजार क्षेत्रमा बिहानको कार्यालय समयमा हुने सवारी आवागमनको चापलाई थप व्यवस्थित गर्न बजार क्षेत्रमा हुँदै आएको मालवाहक गाडी लोड अनलोडका लागि निश्चित समय निर्धारण गर्ने तयारी समेत भएको छ । इमेजखबरमा समाचार छ ।