कास्की र लमजुङको सिमानामा बग्ने रुदीखोलामा बिहीबार दिउँसो एक यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु भएको छ भने एकजनालाई खोलाले बगाएको छ ।
मृतकको सनाखत भइसकेको छैन । खोलाले बगाएको व्यक्तिको अवस्था अज्ञात छ ।
पोखराबाट लमजुङको बालुवाबेसी आउँदै गरेको ना५ख ६३९५ नम्बरको बस रुदीखोलाको पुलबाट खसेको हो । बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । अरु २० जना सामान्य घाइते रहेका प्रहरीले जनाएको छ ।
घाइतेको पोखराको तालबेसी र लमजुङको भोर्लेटारबाट गएको प्रहरी, स्थानीय मिलेर उद्धार गरिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ । इमेजखबरमा समाचार छ ।