बुधबार रातीबाट अवरुद्ध चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अझै संचालनमा आउन सकेको छैन ।
रातीदेखिनै लगाातार पानी पर्दा सडक खुलाउन समस्या भएको हो ।
पहिरो खसेको स्थान कालीखोला छेउछाउमा रहेका यात्रुबाहक बसहरुलाई सिमल ताल तर्फ सुरक्षित स्थानमा फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
उनले मुग्लिन तर्फ रहेका सवारी साधनहरुमा भने यात्रुहरु नरहेको जानकारी दिए । यस सडक खण्डमा कालीखोला र त्यसको २ सय मिटर नजिकै गरि ठूलो पहिरो खसेको छ ।
पहिरोले बुधबार राती एउटा बस त्रिशुलामा पुर्याएको छ भने एउटा स्कार्पियो पुरिएको छ । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यसैबीच, पृथ्वी राजमार्गअन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोगिमारास्थित तिक्क्राङमा गएको पहिरोले एउटा जीप पुरेको छ ।
बुधबार देखि परेको वर्षाका कारण आज बिहान गएको पहिरोले एउटा जिप पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
पुरिएको जीपको नम्बर खुल्न सकेको छैन भने मानविय क्षति नभएको प्रहरीले जनाएको छ । पहिरो गएपछि केहीबेर राजमार्गसमेत अबरुद्ध भएको थियो । इमेजखबरमा समाचार छ ।