खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्न आउनेहरुको भीड

जिल्ला निर्वाचन कार्यालय खोटाङमा फोटोसहितको मतदाता नामावली दर्ता गर्न आउनेहरुको भीड लागेको छ ।
स्थानीय तह निर्वाचनका बेला नाम दर्ता गराउन छुटेका र भर्खरैमात्र उमेर पुगेकाहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न नामावली दर्ताका लागि आउन थालेपछि भीड लागेको हो ।
अहिले सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन गर्ने टोली गाउँ-गाउँमै पुगेपछि सर्वसाधारणसमेत लाभान्वित भएका छन् ।
अहिलेसम्म खोटाङमा थप ३ हजार ७०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । इमेजखबरमा समाचार छ ।