मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव

निर्वाचन आयोग केन्द्र र प्रदेशसभाको निर्वाचन एकैपटकमा गर्न सकारात्मक बनेको छ ।
तर, पहाड र तराईमा फरक-फरक मितिमा गर्नुपर्ने शर्त पनि आयोगले अघि सारेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ तीन दलका शीर्ष नेताहरु र आयोगका पदाधिकारीबीच भएको छलफलमा अयोगले यस्तो प्रस्ताव ल्याएको हो ।
आयोगले हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ गते केन्द्र र प्रदेशसभाको चुनाव एकैपटकमा गर्न सुझाव दिएको हो ।
बाँकी जिल्लाहरुमा भने अर्को चरणमा निर्वाचन गर्नु उपयुक्त हुने आयोगको सुझाव रहेको बताइएको छ ।
आयोगले एकैपटकमा निर्वाचन गर्ने हो भने तत्काल निर्वाचनसम्बन्धी ऐन, कानुन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिनसमेत सरकारलाई भनेको छ । इमेजखबरमा समाचार छ ।