काठमाडौंपछि मोरङमा ८२ हजार नयाँ मतदाताका लागि नाम दर्ता

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जिल्लामा ८१ हजार ८ सय ६२ जनाले नयाँ मतदाताका लागि नाम दर्ता गराएका छन् । काठमाडौंपछि सबभन्दा बढी यहाँ नै नयाँ मतदाताका लागि नाम दत्र्ता भएको हो । निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीहरुले माघ महिनादेखि शनिबार समेत बिदामा बस्न पाएका छैनन् । मतदाता नामावलीमा नाम लेखाउनेको भीडका कारण उनीहरुले बिदा नपाएका हुन् । 
क्षेत्रीय निर्बाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईका अनुसार ४१ हजार ४ सय ७८ महिला, ४० हजार ३ सय ८३ पुरुष र १ जना तेस्रो लिङ्गीले नयाँ मतदाताका लागि नाम दत्र्ता गराएका छन् भने अन्तरजिल्ला मतदाता नामावली सार्न ६५० र जिल्लास्थित अन्य स्थानीय तहमा मतदाता नामवली सार्न र सच्याउन ९ सय ३० जनाले आवेदन दिएका हुन् । 
‘मतदाताका लागि नाम दत्र्ता भएकाहरुको रुजु र जिल्लामा अन्य स्थानीय तहमा मतदाता नावली सार्ने र सच्याउने कार्य भदौ १५ गते भित्र सम्पन्न गरेर निर्बाचन आयोगमा पठाउँछौं र त्यहाँबाट अन्तिम मतदाता नामावली आउँछ,’ उनले भने, ‘साउन १ गतेदेखि भदौ ३ गतेसम्म यहाँको क्षेत्रीय निर्बाचन कार्यालय र ८ नगरपालिका र ८ गाउँपालिका गरि १७ ठाउँबाट नयाँ मतदाताका लागि नाम दत्र्ता गरिएको थियो ।’ 
उनले स्थानीय तहको निर्बाचनमा सबभन्दा बढी मतदाता भएको मोरङमा नयाँ मतदाताका लागि काठमाडौंपछि सबभन्दा बढी नाम दत्र्ता भएकोमा महिला बढी आएको बताए । उनले मतदाता नामावलीमा धेरै व्यक्तिको दोहोरो नाम दर्ता रहेकोले यसपल्ट प्रविधि प्रयोग गरेर आयोगले सच्याउने कार्य गर्ने सुनाए । 
हालैसम्पन्न स्थानीय तहको निर्बाचनमा मुलुकमा सबभन्दा बढी मतदाता महिला २ लाख ८३ हजार ५, पुरुष २ लाख ९१ हजार ४ सय ९४ र तेस्रो लिङ्गी १ गरि कूल ५ लाख ७४ हजार ५ सय मतदाता रहेको थियो । कान्तिपुरमा समाचार छ ।