एमालेद्वारा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता

नेकपा एमालेले प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वको टोली शुक्रबार आयोग पुगेर दल दर्ता गरेको हो ।
दल दर्तापछि उपाध्यक्ष गौतमले नेकपा एमाले प्रदेश निर्वाचनका लागि उत्साहका साथ लागिपरेको बताए ।
निर्वाचन आयोगले भदौ ११ गतेसम्म दल दर्ताका लागि मिति तोकेको छ ।
अहिलेसम्म ४४ दलले प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । इमेजखबरमा समाचार छ ।