अनेरास्वबियू छैठौंले भदौ २३ र २४ गते पाँच नम्बर प्रदेशको प्रथम भेला गर्ने

राष्ट्रिय जनमोर्चा निकटको अनेरास्वबियू छैठौंले यहि भदौ २३ र २४ गते पाँच नम्बर प्रदेशको प्रथम भेला गर्ने भएको छ ।

भेला आयोजक समितिको बुटवलमा सम्पन्न भएको बैठकले प्रत्येक जिल्लामा सांगठनिक तथा बिद्यार्थी जागरण अभियान संचालन गर्नको निम्ती भदौ २३ र २४ गते दाङ्गको लालमटियामा बिशेष प्रशिक्षण भेला गर्ने निर्णय गरेको अखिल छैठौं पाँच नम्बर प्रदेश संयोजक गोपाल प्रसाद भट्टराईले बताउनुुभएको छ । 
पाँच नम्बर प्रदेश भित्रका झन्डै दुइ सय प्रतिनिधिहरुको सहभागितामा दुइदिन सम्म चल्ने प्रशिक्षण भेलामा राष्ट्रिय जनमोर्चा र अखिल छैठौंका शिर्ष नेताहरुले देशको समसामयिक परिस्थितिमा बिद्यार्थीले खेल्नुपर्ने भूमिका र दर्शन एवम् सांगठनिक बिषयमा प्रशिक्षण दिने बताइएको छ । 
आगामी कार्यक्रमहरुको डिजाइन गर्ने भेलाले यस प्रदेशको नयाँ कार्य समितिको चयन समेत गर्ने अखिल छ्रैठौंका पाँच नम्बर प्रदेश इन्र्चाज देवेन्द्र कुंवरले जानकारी दिनुभएको छ ।