अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे महभिरमा सडक भासिएपछि यातायात सन्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका-९ स्थित महभिरमा करिब एक सय मिटर सडक भासिएपछि यातायात सन्चालनमा कठिनाइ भएको छ ।
सडक भासिएकाले आज बिहानदेखि काठमाडौं-बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकोमा समान्य मर्मत गरी अपराह्नदेखि एकतर्फी रुपमा यातायात सन्चालन भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पन्चकुमार बंखुले जानकारी दिए ।
सो क्षेत्रमा वर्षा हुनेक्रम नरोकिएकाले भासिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दो रुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान चाड बडादशैँमा घर फर्कनेलाई असर पुग्न सक्ने स्थानीयवासीले आशंका व्यक्त गरेका छन् । रासस