सरकारले विपद् व्यवस्थापन न्यूनीकरण विधेयक व्यवस्थापिका-संसदमा पेस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
बैठकले निजामती कर्मचारी दिवसको अवसरमा १० जना सहसचिवस्तरका र ३० जना त्यसमुनिका कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । इमेजखबरमा समाचार छ ।