सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मंगलबार ४६५ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ ।
वर्षौंदेखि गाउँ ब्लक क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आएका वासिन्दालाई नापी कार्यालयले लालपुर्जा उपलब्ध गराएको हो ।
सर्वे भएको लामो समयपछि लालपुर्जा पाउँदा स्थानीय वासिन्दा खुसी भएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल, नापी कार्यालय मलंगवाका प्रमुख सत्रुघनप्रसाद यादव, भूमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जीतबहादुर गोलेलगायतले लालपुर्जा वितरण गरेका थिए । इमेजखबरमा समाचार छ ।