तराईका बाढीपिडीतको घाउमा मलाम लगाउदै नेपाल तरुण दल ( तस्बिर सहित)

प्रेमनारायण आचार्य
   सन्धिखर्क २२ भदौ । पूर्वी तराईमा बाढीले जनजीवन प्रभावित पारे संगै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले पिडितहरुको राहतको लागि राहत वितरण कार्यक्रम जारी राखेको  छ ।  
पिडितहरुलाई बाढी आए लगतै नेपाल तरुणदलले सहयोग पनि गर्यो । अझै बढी सबैलाई राहत उपलब्ध गराउनको जित जंग बस्नेतको अध्यक्षतामा नेपाल तरुणदलले एक तरुण एक राहत अभियान चलाएको छ ।  जसबाट पनि धेरै नै राहत जुट्यो । यति बेला उक्त राहत लिएर नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत सहितको टोलि पूर्वी तराईको बाढी पिडित जिल्लाहरुमा पुगेको तरुण दलका नेता कपिल पोख्रेलले बताउनु भयो । 
नेपाल तरुणदलले पूर्वी तराईको बाढी पिडित जिल्लाको राहतको कार्यक्रम भने महोत्तरी जिल्ला देखि सुरु गरेको छ ।
यहि अनुरुप ‘एक तरुण एक राहत ‘ अन्तर्गत नेपाल तरुण दलको केन्द्रिय कार्य समितिले महोत्तरी जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद दुई लाख रुपैया तरुण दल जिल्ला कार्य समिति महोत्तरीलाई हस्तान्तरण गरेको छ ।
यस्तै राहत वितरणकै क्रममा नेपाल तरुणदल केन्द्रिय कार्य समितिले ‘एक तरुण एक राहत ‘ अन्तर्गत धनुषा जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद एक लाख रुपैया) ब्ल्यांकेट २७५ ओटा , टेन्ट १ , त्रिपाल ३५ ओटा , ड्राई फुड १५ बाक्स , चामल १९ बोरा र औषधि तरुण दल जिल्ला कार्य समिति धनुषालाई हस्तान्तरण गरेको तरुण दलका नेता कपिल पोख्रेलको भनाइ छ ।
यस्तै ‘एक तरुण एक राहत’ अन्तर्गतनेपाल तरुण दलको केन्द्रिय कार्य समितिले सर्लाही जिल्लाको बाढी पहिरो पिडितहरुको लागी नगद एक लाख रुपैया तरुण दल जिल्ला कार्य समिति सर्लाहीलाई हस्तान्तरण गरेको छ । यस्तै बाढी पहिरो पिडितलाई राहत वितरण गर्नुको साथै नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेतले प्रदेश नं २ को जिल्लाहरुको वस्तुगत अबलोकन समेत गर्नुभएको छ । यस्तै उहाले असोज २ गतेको चुनाबको लागि नेपाल तरुणदल जिल्ला समिति पूर्णरुपमा लागिपर्न र चुनाब सफल पार्न जिल्ला तरुणदल अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल तरुणदल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत सहितको टोलिले प्रदेश नं २ को बाढी प्रभावित सम्पूर्ण जिल्लामा राहत वितरण गर्ने कार्यक्रम रहेको छ । कसैलाई पनि नछुटाउने र पिडित सबैले राहत पाउनुहुने प्रतिबध्ता अध्यक्ष बस्नेतले जाहेर गर्नुभएको छ ।