१५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
कुल २ हजार ६ सय ९३ मिटर लामो सुरुङ्ग मध्ये हालसम्म १ हजार पाँच सय ४६ मिटर सुरुङ्ग निर्माण सकिएको जनाइएको छ ।
बाँकी रहेको साढे ११ सय मिटर सुरुङ आगामी जुन महिनासम्म सम्पन्न हुने निर्माण कम्पनी हिमाल हाईड्रका डेपुटी प्रोजेक्ट म्यानेजर एलबी थापाले जानकारी दिए ।
चौधरी ग्रुपको लगानीमा निर्माणाधिन मध्यमोदी जलविद्युत् आयोजना आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि भुकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष ढिलाई हुने देखिएको आयोजनाले जनाएको छ ।
हाल भने निर्माण कार्यमा कुनै अवरोध नभएको आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत २ अर्ब ८० करोड अनुमान गरिएको आयोजनाले जनाएको छ । इमेजखबरमा समाचार छ ।