जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने निर्वाचन आयोगको प्रष्ट

निर्वाचन आयोगले निर्वाचनमा तालमेलका क्रममा जुन दलको निर्वाचन चिह्नमा चुनाव लडेको छ, त्यही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको प्रष्ट गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने बहस भईरहेका बेला दलहरु एउटै निर्वाचन चिह्नमा चुनाव लड्न यही कारण हच्किरहेका हुन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जुन दलको निर्वाचन चिह्नमा चुनाव लड्यो, त्यो उम्मेदवार वा विजयी प्रतिनिधि निर्वाचन आयोगको अभिलेखमा सोही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।
त्यस्तै निर्वाचन आयोगले दलहरुलाई अ।सोज २२ भित्रै आधिकारिक हस्ताक्षर बुझाउन भनेको छ । सोही हस्ताक्षरका आधारमा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवारहरुको दलको आधिकारिक उम्मेदवार पुष्टी गरिनेछ ।
अहिले निर्वाचन आयोगमा ९१ दल दर्ता भई सोही बमोजिमको निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मतपत्र छपाईको काम समेत थालिसकेको छ ।
एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको निर्वाचन चिह्न हुनेछ भने अर्को मतपत्रमा प्रत्यक्ष तर्फको मतपत्र हुनेछ । दुई वटा मतपत्रमा एक जना मतदताले ४ स्थानमा मत संकेत गर्नुपर्नेछ । इमेजखबरमा समाचार छ ।