भूकम्पपीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप तीन लाख रुपैयाँसम्म निब्र्याजी ऋण लिन पाउने व्यवस्था सरकारले गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गर्दै अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बैठकले राष्ट्रिय वित्त आयोगको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, विभिन्न दातृनिकायले दिने अनुुदान तथा ऋृण सहयोग स्वीकार्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । इमेजखबरमा समाचार छ ।