राष्ट्रपतिबाट भाइटीकाको उपलक्ष्यमा भाईलाई टिका प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन् ।
राष्ट्रपति निवास शीतल निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत् गरिन् ।
भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए ।