प्रदेश २ मा फोरम र राजपाबीच सिट बाँडफाँटमा सहमति

प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सिट बाँडफाँटमा सहमति जुटेको छ । 
आगामी मंसिर २१ गते हुने दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि फोरम नेपाल र राजपाका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले साझा उम्मेदवार तय गरेका हुन् ।  फोरम र राजपाले निर्वाचनमा तालमेल गरेर जाने पूर्वनिर्णय अनुसार पर्सादेखि सप्तरीसम्म तराईका ८ जिल्लामा संयुक्त उम्मेदवारहरु निर्क्योल गरेका हुन् ।    
दोस्रो चरणको निर्वाचनका लागि पर्सि १६ गते उम्मेदवारहरुको मनोनयन दर्ता हुँदै छ । कान्तिपुरमा समाचार छ ।