डोटीको केआईसिंह गाउँपालिकाको देउरडीमा शनिबार एक यात्रीबहाक जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु ८ जना घाइते भएका छन् ।
केआईसिंह गाउँपालिकाको तिखात्तरबाट दिपायलतर्फ आइरहेको से१ज २६५ नम्बरको बोलेरो जिप सोही गाउँपालिकाको वडा नम्बर–३ देउरडीमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा डोटीको आदर्श गाउँपालिका–१ सालगाउँकी १९ वर्षीया अनिता खड्का, केआईसिंह गाउँपालिका–१ का ५५ वर्षीय गाडी चालक खेमराज ओझा र बोगटान गाँउपालिका–६ गगुडाका २५ वर्षीय रोशन ताम्राकार रहेका छन् ।
दुर्घटनामा घाइते भएका ८ मध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । अरु घाइतेको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेहरुमा केआईसिंह गाउँपालिका–१ का २४ वर्षीय हेमराज ओझा, आदर्श गाउँपालिका–१ की ४५ वर्षीया हाँसु खड्का सोही ठाउँकी १३ वर्षीया सरिता खड्का रहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।