प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
प्रदेश नम्बर-७ सुदूरपश्चिमस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको बुधबार धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केही दिनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले चुनाव प्रचारकाक्रममा उम्मेदवारमाथि गरिएको आक्रमण ‘चुनावविरोधीको कायरता’ भएको टिप्पणी गरे ।
सोक्रममा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा चुनाव लडेको क्षेत्रका कार्यकर्तासँग पनि भेटघाट गरे । इमेजखबरमा समाचार छ ।