
राष्ट्रपति विद्या भण्डारीले पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर समवेदना ब्यक्त गरेकी छन् ।
दाहाललाई भेट्न राष्ट्रपति भण्डारी आफैं दाहाल निवास लाजिम्पाट पुगेकी थिइन् । दाहाल झापाबाट काठमाडौं फर्किएलगत्तै राष्ट्रपति भण्डारी उनलाई भेट्न दाहालको नीजि निवास लाजिम्पाट गएकी हुन् ।
राष्ट्रपति भण्डारीले दाहाल परिवारलाई भेटेर समवेदना व्यक्त गरेकी छन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि दाहाल निवास लाजिम्पाट पुगेर पुत्र शोकमा परेका पुष्पकमल दाहाल र उनको परिवारजनमा समवेदना व्यक्त गरेका थिए । इमेजखबरमा समाचार छ ।