पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द

पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।
सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको थियो ।
धेरै जसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा भने १८ गतेदेखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । इमेजखबरमा समाचार छ ।