आगामी निर्वाचनमा सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहमत

आगामी निर्वाचनमा सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाउन नेपाल र भारतका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
वीरगञ्जमा बसेको नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले २१ गते हुने निर्वाचनका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउने सहमति गरेको हो ।
बैठकमा पर्सा, बारा र रौतहटका सुरक्षा प्रमुख तथा सिमावर्ती भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणका सुरक्षा प्रमुख सहभागी थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दुवै देशका सुरक्षा अधिकारीहरुबीच निर्वाचन सुरक्षा र निर्वाचनका बेला सीमा नाकाहरु शील गर्ने विषयमा छलफल भएको जानकारी दिए । इमेजखबरमा समाचार छ ।