गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । रेन्बो मन्टेश्वरी अर्घाखाँचीको आयोजना र निदान डेन्टल क्लिनिक सन्धिखर्कको समन्वयमा आज मन्टेश्वरी परिसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न गरिएको छ ।
सोही स्कुलमा अध्यनरत बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरि आयोजना गरिएको शिविरमा झन्डै १ सय ५० जना बाल-बालिकाहरुले दांतको परिक्षण गरेको मन्टेश्वरीका प्रबन्ध निर्देशक रमेश चुंदालीले जानकारी दिनुभएको छ ।
दन्त परिक्षणको क्रममा अधिकांश बालबालिकाहरुको दांत किराले खाने समस्या बढि भेटिएको भन्दै धेरै गुलियो खान नदिने,गुलियो वा अन्य खाना खाइसकेपछि दांत सफाईमा ध्यान दिन शिविरमा सहभागि डाक्टर महेन्द्र प्रताप रायमाझीले बताउनुभएको छ ।