मोरङमा आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन थालियो


मोरङ जिल्लाका विभिन्न क्षेत्रमा आचारसंहिता विपरित राखिएका प्रचार सामग्री क्षेत्रीय निर्वाचन आयोगको पहलमा हटाउन थालिएको छ ।
मोरङका मुख्य निर्वाचन अधिकृतसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले प्रचार सामाग्री हटाउन थालेको हो ।
पाँच दिन अगाडी सर्वदलीय बैठक गरेर २४ घण्टाभित्र पार्टीले राखेका प्रचार सामग्री हटाउने प्रतिबद्धता गरेपनि दलहरुले हटाएका थिएनन् ।
सार्वजनिक स्थलमा ठूला ठूला पोस्टर र पम्प्लेटसहित दलका झण्डा अंकित प्रचार सामग्री मोरङका क्षेत्र नम्बर ३ मा बढी देखिएको छ भने अरु स्थान पनि रंगिएका छन् ।  इमेजखबरमा समाचार छ ।