काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी भएको एमाले ओलीको संज्ञा

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् ।
विराटनगरको पुष्पलालचोकमा आज आयोजित क्षेत्रिय चुनावी सभामा उनले त्यस्तो दक्षिणपन्थी गठबन्धनबाट राष्ट्रिय एकता र स्वाभिमानको जगेर्ना एबं आर्थिक समृद्धि संभव नहुने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकमा स्थिर सरकार र द्रुत आर्थिक विकास बामगठबन्धनबाट मात्र संभव हुने बताए । इमेजखबरमा समाचार छ ।