अर्घाखाँचीमा कांग्रेसद्दारा पैसा बाड्दै, निर्वाचन आयोग मौन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संबाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । नेपाली कांग्रेसका नेता तथा तथा डाक्टर एवं प्रतिनिधी सभा सदस्य पदका उमेद्रा रामबहादुर बिसीको गाउँमा खुलेयाम पैसा बाढेको खुलेको छ । 
नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित वडा अध्यक्ष नारायण खड्काले सन्धिखर्क नगरपालिका १२ झेडीबजारमा गरिएको पार्टीको कार्यक्रममा उनले खुलेयाम पैसा बाडेका हुन् । 
निर्वाचन आयोगले आचारसंहिता जारी गरेको भएपनि त्यसको ठाडो उल्लंघन गर्दै वडाअध्यक्ष नारायण खड्काले आफ्नो भत्ता बापतको पैसा गरिब दुखिलाई दिएको भन्दै पैसा बाडेका हुन । तर यस बिषयमा जिल्ला निर्वाचन आयोग रमिते बनेको छ । 
२१ गते हुन लागेको निर्वाचनको पूर्व सन्ध्यामा चुनावी भेटघाट तथा आमसभामा उनले रकम हस्तान्तरण गरेको जनाएका थिए । गत मंसिर १४ गते झेडीमा गरिएको कोणसभामा उनले ८ हजार रुपैया एक अपांगलाई हस्तान्तरण गरेका हुन । कांग्रेसले अन्य टोलटोलमा पनि त्यसरीनै लोभ देखाएर भोट माग्दै आएको श्रोतको भनाई छ । त्यसो त खड्काले पैसा बाडेरनै चुनाव जितेको आरोप छ । जबकी यो समयमा जुन सुकै उदेश्यले रकम दिनु आचार संहिता बिपरित हो । कांग्रेस कार्यकर्ताले यसैलाई आधार बनाएर अरुलाई समेत पैसा दिँने भन्दै भोट माग्ने आधार बनाएका छन् । 
डिभर्ना डा. बिसीको गाउँ पनि हो । हाल सम्म पराजय बेहोर्दै आएका उनले यसपाली पनि जित्ने भन्दै टोपबहादुर रायमाझी सँग चुनाबी मैदानमा छन् । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाको डिभर्ना १२ जिते लगत्तै बिभिन्न भ्रम सिर्जना गर्दै जनतालाई कांग्रेसले दिएको भन्दै भ्रम छर्दै हिडेको बिपक्षी दलको आरोप  छ । 
डिभर्नामा वडाअध्यक्ष खड्काले पछिल्लो समयमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रकाट निर्वाचित वडा सदस्यलाई समेत कुनै जानकारी नै नदिई वडाका निर्णय गर्ने गरेको बताउने गरेका छन् । 
सम्बन्धित समाचार:-

अन्य समाचारहरु