डडेल्धुराका ७७ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा



डडेल्धुरामा जिल्लाका ७७ मतदान केन्द्रमा मंगलबारदेखि मतदाता परिचयपत्र वितरण थालिएको छ ।
पहिले मतदाता परिचयपत्र नलगेका र नयाँ थपिएका गरी १६ हजार ५०७ मतदाता परिचयपत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
परिचयपत्र लिनका लागि आएकाहरुलाई मतदान केन्द्रमै मतदाता शिक्षासमेत दिइएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी सबै पूरा भएको, मतदान केन्द्रहरुमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेको र मतदानस्थल व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ । इमेजखबरमा समाचार छ ।