रुकुमवाट प्रतिनिधि सभा सदस्यमा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी

रुकुमवाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। 

उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्। 
शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यस संगै पश्चिम रुकुमको मत गणना सकिएको छ। यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ। नागरिक न्युजमा समाचार छ ।