वाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा माओवादी उम्मेदवार देवेन्द्र पौडेल विजयी

माओवादी उम्मेदवार देवेन्द्र पौडेल वाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले २८ हजार ८ सय २७ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नरबहादुर पुनले १९ हजार ९ सय ५ मत पाए । 
माओवादी छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा गएका पौडेल केही अघि माओवादी केन्द्र फर्किएका थिए ।