झापा- ५ बाट एमाले केपी शर्मा ओली विजयी

एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ८ सय ४२ मतान्तरमा झापा- ५ बाट निर्वाचित भएका छन् ।
ओलीले ५७ हजार १ सय ३९ मत पाए भने कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याए । 
ओली २०६४ बाहेकका सबै चुनावमा झापाबाट निर्वाचित भएका हुन् ।
झापा ५ का ९६ हजार १९ मतदातामध्ये ९१ हजार ३ सय ४५ मत खसेको थियो । 
यसैबीच अध्यक्ष ओली विजय जुलुसमा सहभागी हुन सोमबार झापा आउने भएका छन् । उनी दुई दिन आफ्नो क्षेत्रको विजय सभाका कार्यक्रममा सहभागी हुनेछन् । कान्तिपुरमा समाचार छ ।