राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सन्चारकर्मीहरुसँग उनले कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
मर्यादित पार्टीले अनुचित व्याख्या गर्नु अशोभनीय हुने अ‍ेलीको भनाइ थियो ।
निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रियसभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको आरोप पनि लगाए । सरकार गठन गर्न राष्ट्रियसभा जरुरी नपर्ने तर्क पनि ओलीले गरे ।
निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्ने भन्दै उनले निर्वाचन आयोग कसैको दबाबमा नभइ संविधान र कानुनअनुसार चल्नुपर्ने बताए ।
सरकारमा जान आफूहरुलाई कुनै हतारो नभएको दाबी गर्दै अध्यक्ष ओलीले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको टिप्पणी गरे । इमेजखबरमा समाचार छ ।