चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु

चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार सो अवधिमा दुर्घटनामा परी घाइते हुनेको संख्या ४२ छ ।
प्रहरीका अनुसार मंसिर महिनामा १९ वटा दुर्घटना भएका थिए । प्रहरीले यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ९ सय ५० वटा सवारी सधानलाई कारवाहीसमेत गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेको बताए ।
सवारी चालकलाई ट्राफिक नियम तथा सडक सचेतना सम्बन्धि विभिन्न प्रशिक्षण दिने गरिएको उनको भनाइ थियो ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को मसिंर सम्ममा ९६ वटा सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ । यस अवधिमा २०५ जना घाईते भएका छन् भने एक हजार ५५० सवारी साधनलाई कारवाही गरिएको छ ।
यस्तै ट्राफिक प्रहरीले कारवाहीस्वरुप अहिलेसम्म एक करोड १३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै २१ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिए । इमेजखबरमा समाचार छ ।