सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह

नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । 
काठमाडौंमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाबाट प्राप्त नयाँ जनादेशलाई ध्यान दिएर सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको हो । सरकार गठनका विषयमा सरकार र नेपाली कांग्रेसले संविधानको गलत व्याख्या गरिरहेकोले त्यसले जनमतको अवमूल्यन भएको गठबन्धनको निष्कर्ष छ ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए । सरकारले संविधानको गलत व्याख्या गरिरहेको भन्दै संविधान कार्यान्वयनमा अवरोध नगर्न अनुरोध गरिएको छ । 
काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा जारी पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी छन् । कान्तिपुरमा समाचार छ ।