काठमाडौं।अहिले भर्खरै काठमाडौंको टोखामा गोली चलेको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्।
गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। गोली जंगलबाट चलेको बताइएको छ ।
घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ।
प्रहरीका अनुसार घटनाको थप विवरण आउँन बाँकी रहेको छ।



