अर्घाखाँचीमा १ सय ८८ एचभाइभी संक्रमित फेला

                                                                                                                                   सिद्वारा स्वास्थ्य चौकी ।  फाइल फोटो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लामा एक सय ८८ जना एचआईभी संक्रमित फेला परेका छन । 
जसमध्ये महिला ८८ जना संक्रमित छन् । अहिलेसम्म १५ जना संक्रमित सार्वजनिक भएका छन् । एड्सबाट संक्रमित धेरैले औषधि सेवन गर्छन । एक सय २५ जनाले नियमित औषधि सेवन गर्छन । जसमध्ये ८९ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट र अरु सबै जिल्ला बाहिरबाट औषधि सेवन गर्ने जिल्ला एड्स समन्यव समितिले जनाएको छ । 
जिल्ला स्वास्थ्य कार्यालयको मतहतमा प्रेरणा परियोजना नामक संस्थाले एचभाईभी संक्रमितको लागि सहयोग र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छ । परियोजना संयोजक गिता भुसालका अनुसार १८ वर्ष मुनिका १० जना बालबालिका संक्रमित छन ।
 ४५ जना संक्रमितको मृत्यु भैसकेको उनले बताइन ।  संक्रमित भएका सबै भारतमा श्रीमान संक्रमित भएर आउने र श्रीमतीलाई सार्ने गरेकाले वर्षेनी संख्या बढ्दै गएको हो । 

अन्य समाचारहरु