आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीद्दारा पक्राउ

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
डा. केसीको अभिव्यक्तिबाट अदालतको अवहेलना भएको सर्वोच्च अदालतको फैसलालगत्तै प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पताल महराजगन्जस्थित अनशनस्थलबाटै उनलाई पक्राउ पक्रेको हो ।
राति ८ बजेतिर पक्राउ गरिएका डा. केसीलाई महानगरीय प्रहरी प्रभाग अनामनगरमा राखिएको छ ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीको अभिव्यक्तिले सर्वोच्च अदालत र मातहतका अदालतबाट भएका फैसला तथा न्यायालयको अवहेलना गरेको ठहर गर्दै डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालाई प्रमुख माग बनाइ डा. केसीले सोमबार अपराह्न ४ बजेदेखि अनशन सुरु गरेका थिए । इमेजखबरमा समाचार छ ।