गुल्मीमा सुशासन माप्न विधि अन्तर्गत सुशासनको अबस्थालाई अङ्कमा मापन गर्दै

गुल्मी । सुशासनको स्थितिलाई अंकमा मापन एकीकृत ग्रामीण बिकास समाज गुल्मीद्वारा संचालित पारस्परिक जवाफदेहीता परियोजनाले सुशासन माप्न विधि (Good governance Barometer) अन्तर्गत सुशासनको अबस्थालाई अङ्कमा मापन गर्दैछ । 
जिल्लाको गुल्मीदरबार गाउपालिका २ जुभुङ र छत्रकोट गाउपालिका ३ हर्दिनेटामा पाइलटिङ्को रुपमा उक्त सामाजिक जवाफदेहिताको नंया औजारको प्रयोग गरि शिक्षा र कृषि क्षेत्रको सुशासनको अवस्था मुल्यांकन गरिने परियोजना सम्योजक हीरा कुवरले बताउनुभयो । यस बिधिमा सेवाप्रदायक र सेवग्राहीबिचका ६ वटा गोष्ठी सम्पन्न गरि आवश्यक सुधारका लागि कार्ययोजना तयार गरिनेछ । यसैबीच गुल्मीदरबार गाउँपालिका २ जुभुङमा तेस्रो कार्यशाला गोश्ठी सम्पन्न गरेको छ ।
गोश्ठीमा गुणस्तरीय शिक्षा र विध्यालयको भौतिक अबस्थामा सुधारको लागि विभिन्न सुचकहरुको छ्लफल गरि न्युनतम र अधिकतम अङ्क तय गरियो । कार्यक्रममा सस्थाका अध्यक्ष हिरा अर्याल,कार्यकारी निर्देशक गणेश श्रीपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष हरिहर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत गुल्मी र अर्घाखाँचीमा सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।