प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु

प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ ।प्रदेश नम्बर ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र प्रदेश नम्बर ५ मा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन प्रक्रिया सुरु भएको हो ।
पौडेललाई मुख्यमन्त्री बनाउन एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसदले समर्थनको पत्र तयार पारेका छन्। पौडेललाई सम्भवत: आइतबार नै मुख्यमन्त्री नियुक्त गर्ने र सोमबार शपथ खुवाउने प्रदेश प्रमुख सचिवालयको तयारी छ।
प्रदेश ५ मा पनि वाम गठबन्धनका सदस्यहरुको तर्फबाट एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आइतबार नै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराइएको छ।
मुख्यमन्त्रीको नियुक्ति लगत्तै वाम गठबन्धनले ती सदस्यीय मन्त्रीमण्डल घोषणा गर्ने छ। १ गते सार्वजनिक बिदा र २ गते सभामुखको चुनाव भएकाले ३ गते शपथग्रहणको कार्यक्रम राखिने तयारी छ। मन्त्रिपरिषदमा सुरुमा मुख्यमन्त्रीसहित एमालेले नवलपरासीका बैजनाथ चौधरी र माओवादी केन्द्रबाट रुकुमका पूर्णबहादुर घर्तीलाई लैजाने स्रोतको भनाइ छ।
वाम गठबन्धनमा सात सदस्यीय मन्त्रीमण्डलमा ती मन्त्रालय माओवादी र चार मन्त्रालय एमालेले लिने सहमति भएको छ। कान्तिपुरमा समाचार छ ।