विनोद गैरे
नुवाकोट, आर्घाखाँची । सेन्चुरी कमर्सियल बैंकले एक कार्यक्रमका विच आफ्नो ९० औं शाखा आर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ८ नुवाकोटमा स्थापना गरेको छ ।
बैंकले एस.एम.एस बैंकिङ्ग, मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कर्जा, रेमिटान्स र एटिएम सेवा समेत संचालनमा ल्याएको शाखा प्रमुख निर्मल खनालले जानाकारी दिनुभएको छ ।
स्थानीय जनताको भावना र माग अनुसार अन्य सेवा तथा सुविधाहरु थप्दै लैजाने कार्यक्रममा उपस्थित सेन्चुरी कमर्सियल बैंक बुटवल शाखाका प्रबन्धक अनुप कोईरालाले जानाकारी दिनुभएको छ ।
स्थापनाको पहिलो दिन ५२ जनाले यस शाखामा नयाँ खाता संचालन गरेका छन् ।