महाशिवरात्रीको अवसरमा ढाकावाङ्ग ओखटेमा खेलकुद प्रतियोगिता सम्पन्न

गोपाल प्रसाद भट्टराई
ओखटे, अर्घाखाँची फागुन–०१  ।  महाशिवरात्रीको अवसरमा भूमिकास्थान १ ढाकावाङ्ग ओखटेमा बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन् । 
संस्कृतिको संरक्षण र खेल क्षेत्रको विकासको निम्ती ढाकावाङ्ग ओखटेमा परिवर्तनशिल युवा क्लवको आयोजनामा ५ सय मिटर दौड र घैटोफोर प्रतियोगिता सम्पन्न भएको हो । 
भूमिकास्थान  १ का वडा अध्यक्ष भोजराज खनालले उद्घाटन गर्नुभएको प्रतियोगिताको दौडतर्फ चाम बहादुर गमाल प्रथम,केशब खनाल द्धितिय र शुशिल भुसाल तृतिय हुनुभएको छ । 
खेलको उद्घाटन गर्दै वडा अध्यक्ष खनालले संस्कृति संरक्षण र खेलको विकासले पनि समाजको सद्भाव कायम गर्न सहयोग पुग्ने भन्दै समृद्ध समाज निर्माणमा पाकापुस्ताको सल्लाह लिदै युवाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । 
कल्वका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षता र कृष्ण खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य गोपाल नेपाली,राष्ट्रिय जनमोर्चाका प्रतिनिधी राम बहादुर नेपाली,माओवादी केन्द्रका बाबुराम खनाल,बाल शिक्षा मा.वि. ढाकावाङ्गका प्रधानाध्यापक हिमलाल खनाल,संचारकर्मी हरि प्रसाद भुसाल,डिएनके कुँवर लगायतको आथित्यता रहेको थियो ।

अन्य समाचारहरु