तिलक खनाल, तस्बिर:- फेसबूक।
अर्घाखाँचीडट्कम संवाददाता
नयाँ दिल्ली (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ केरुङा स्थित अमराई मुनिका तिलक खनाल भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा मृत फेला परेका छन् ।
भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा आफुले काम गर्ने आर्मी मेसको जिम कलास रुममा मंगलवार बिहान मृत फेला परेका हुन् । २४ वर्षका तिलकलाई सँगै काम गर्ने साथीहरुले कोठामा बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
अविबाहित तिलकले ३,४ वर्ष देखि मेरठको एक आर्मी मेसमा काम गर्दै आएका थिए । उनको केरुङा घरमा बाबु, आमा, हजुर आमा, एक भाई र एक दिदी छन् । दिदीको विवाह भएको छ ।
उता तिलकले हिजो सामाजिक सन्जाल फेसबूकमा “माफी को लायक नभएपछी किन जिउनु यो सन्सारमा जिउनु ।।” भनेर एक पोस्ट गरेका थिए ।
साथै स्थानिय प्रहरीले उनको कोठाबाट आत्महत्या नोट फेला परेको छ । प्रहरीका अनुसार मृतकको शब पोष्टमाटमका लागि स्थानिय अस्पतालमा राखिएको छ । शब पोष्टमाटमको रिपोर्ट ३ दिन पछि मात्र आउने र मृतको कारण खुल्ने प्रहरीले बताएको छ ।
मृत्युको खबर पाएपछि नेपाली समाज, संघ-संस्था लगायतका नेपालीबासीहरु भेला भएका थिए ।